'बैंकका शेयर होल्डरहरु आईसीयूमा छन्'

Jun 17, 2025 07:58 PM Merolagani



पछिल्ला समय नेप्से सूचक सुस्त छ । करोबारमा आएका कम्पनी र समूहहरुको सूचकमा वृद्धि भएतापनि समग्र नेप्से सूचक सुस्ताएको हो ।

मंगलबार नेप्से सूचक ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा छ भने ७ अर्ब ६५ करोड बढीको शेयर खरिदबिक्री भएको छ । पछिल्ला समय लगानीकर्ताहरु समूहगत रणनीतिमा लगानी गर्दै आएका छन् । ठूलो अंकको उतारचढाव बजारमा छैन । झनै मंगलबारको बजारमा सूचकसँगै कारोबार पनि सुस्त भयो भने तुलनात्मक रुपमा लगानीकर्ताको चहल पहल पनि सुस्त भएको हो ।

समग्र अवस्था अनुकुल बन्दैछ । प्रणालीमा अधिक तरलता छ भने ब्याजदर न्यून विन्दुमा छ । नीतिगत बाधाहरु फुक्दैछन् । त्यसकारण यो विन्दुबाट बजार छिट्टै उचाई दिने विश्वास लगानीकर्ताले गरेका छन् ।


विगतमा भन्दा कारोबारको रणनीति परिवर्तन भएको बजारका ठूला लगानीकर्ता तथा बजार विश्लेषक छोटेलाल रौनियारले बताए । अहिले बजारमा चलेका कम्पनीहरु लगानी गर्न लायक छन् ।

बजारमा चम्केका कम्पनीहरु विगतमा बढ्न नमानेका कम्पनीहरु हुन । त्यस्तै विस्तारै बैंकले पनि गति लिने छ । अहिले बैंक होल्ड गर्नेहरु आईसीयुमा जान मात्रै बाँकी छ । तर अवस्था त्यस्तो हुँदैन । अबको मौद्रिक नीतिले शेयर बजार र बैंक तथा वित्तीय संस्थालाई पारेको गाँठोहरु फुकाउने राैनियारको विश्वास छ ।

 




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।