लाभांश प्रस्ताव पारित गर्न लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले डाक्यो साधारण सभा

Jun 19, 2025 09:15 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले असार ३० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २३ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वासधारण शेयरधनीतर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।