प्रि ओपन सेसन अपडेटः साढे २ अंक घट्यो नेप्से

Jun 19, 2025 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १.०७ अंक घटेर २६५३.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७२ अंक घटेर २६५०.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको १०५ पटकको कारोबारमा ५३ लाख २६ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको १२ हजार ३९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।