वैदेशिक व्यापारमा उल्लेखनीय सुधार, निर्यातमा ४० वर्ष पुरानो रेकर्ड ‘ब्रेक’ !

Jun 20, 2025 06:04 PM mero lagani



चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । 

२०८१ साउन १ देखि २०८२ जेठ मसान्तसम्मको अवधिमा करिब २ खर्ब अर्ब ४७ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो बर्षको यही अवधिको तुलनामा ७७ प्रतिशतले बढी हो । यो नेपालको इतिहासमै निर्यातको क्षेत्रमा भएको सबैभन्दा धेरै वृद्धि हो । आर्थिक वर्ष २०४१/४२ मा निर्यात वृद्धिदर ६० प्रतिशत पुगेको थियो ।

यस्तै चालु वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब रूपैयाँ बराबरको आयात भएको छ । यो अघिल्लो वर्षको यसै समयको तुलनामा १३ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको ११ महिनामा १३ अर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ व्यापार घाटा थियो ।

चालु आर्थिक वर्षको ११ महिनामा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जुन गत आर्थिक वर्षको तुलनामा १८.८० प्रतिशतले वैदेशिक व्यापार बढेको छ । गत आर्थिक वर्ष ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।