क्षतिग्रस्त भएको १२ किलोमिटर र अन्य २५ किलोमिटर क्षेत्रमा भौगोलिक हिसावले जोखिम र वर्षा हुनासाथ नदीको सतह बढ्ने हुँदा रातको समयमा उक्त सडक बन्द गर्न लागिएको हो ।
निरन्तर वर्षा भइ बिपी राजमार्ग अवरुद्ध हुने वित्तिकै बैकल्पिक रुटबाट समेत यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्मा बिपी राजमार्ग अवरुद्ध हुने वित्तिकै ५ घण्टाभित्र ट्रयाक खोल्ने गरी उपकरण तैथान गरिएको हो ।
त्यस्तै, नारायणगढ देखि बुटवलसम्म जोड्ने सडक अन्तरगत नवलपरासीको दाउन्नेखण्डमा अघि बढाइएको निर्माण कार्य बर्खायाममा नहुने भएको छ । दाउन्ने खण्डमा उकालो र ओरालो सडक भएको, मालबाहक गाडी समेत त्यस रुट हुँदै आउने हुँदा सडक निकै जोखिमपूर्ण बन्दै आएको छ ।
हरेक वर्ष पश्चिम बुटवलहुँदै काठमाडौं, भरतपुर आउने यात्रुहरु दाउन्नेकै सडकको दुरावस्थाका कारण सास्ती खेप्न बाध्य थिए । यस वर्षको बर्खामा भने दाउन्ने खण्डमा अन्य काम नगरिने, ग्राभेल तथा केहीँ ठाउँमा कालोपत्रे गरिने र ओभरलाेडका मालबाहक गाडीहरुलाई दिनमा रोक लगाउन सकिने सडक विभागले जनाएको छ ।