बर्खाका कारण दुई राजमार्ग अवरुद्ध, ५४ वटा सडकमा एकतर्फी यातायात सञ्चालन

Jun 22, 2025 05:34 PM merolagani



पछिल्ला केही दिनयताकाे वर्षाका कारण देशका दुईवटा राजमार्गहरु अवरुद्ध हुन पुगेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार, पूर्व पश्चिम राजमार्गको विनयी खोला र उत्तरदक्षिण कालीगण्डकी करिडोरअन्तरगत गुल्मीको गरगरे भन्ने स्थानमा यातायात अवरुद्ध भएको हो ।

विभागका अनुसार, अवरुद्ध भएका १०५ वटा सडक तथा राजमार्गमध्ये हालसम्म ५४ स्थानमा एकतर्फी यातायात अवरुद्ध भएको छ । त्यस्तै ४९ ठाउँमा दुईतर्फी नै यातायात सञ्चालन भएको छ । तर, दुई वटा राजमार्गको २ ठाउँको सडकको अवरोध अझै हट्न भने सकेको छैन् ।

त्यस्तै, नागढुंगा मुग्लिन सडकखण्ड अन्तरगत सोप्याङ खोलामा एप्रोच रोड भत्किदा उक्त पुलमा समेत क्षति पुगेको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।