विभागका अनुसार, पूर्व पश्चिम राजमार्गको विनयी खोला र उत्तरदक्षिण कालीगण्डकी करिडोरअन्तरगत गुल्मीको गरगरे भन्ने स्थानमा यातायात अवरुद्ध भएको हो ।
विभागका अनुसार, अवरुद्ध भएका १०५ वटा सडक तथा राजमार्गमध्ये हालसम्म ५४ स्थानमा एकतर्फी यातायात अवरुद्ध भएको छ । त्यस्तै ४९ ठाउँमा दुईतर्फी नै यातायात सञ्चालन भएको छ । तर, दुई वटा राजमार्गको २ ठाउँको सडकको अवरोध अझै हट्न भने सकेको छैन् ।
त्यस्तै, नागढुंगा मुग्लिन सडकखण्ड अन्तरगत सोप्याङ खोलामा एप्रोच रोड भत्किदा उक्त पुलमा समेत क्षति पुगेको छ ।