सोही ब्राण्डको एक फोन हो क्यामोन ४० प्रो। यसैको बारेमा आज हामी कुरा गर्न गइरहेका छौँ।
डिजाइन
पछिल्लो समय बजारमा देखिएका फोनहरुको तुलनामा क्यामोन ४० प्रोको डिजाइन केही फरक देखिन्छ। विशेषगरी यस फोनको क्यामरा डिजाइन अन्यको तुलनामा भिन्न देखिन्छ। यस फोनको राम्रो कर्भ डिजाइन पूर्ण रुपमा प्लास्टिकले बनेको छ जसले यस फोन प्रयोग गर्दा प्रयोगकर्ताले सहज महसुस गर्नेछन्। यसका निर्माताहरुले यस मूल्य रेञ्जमा आईपी ६८/६९ को रेटिङ्ग समावेश होस् भन्ने सुनिश्चित गरेको छ।
डिस्प्ले
यस फोनमा १४४ हर्जको रिफ्रेस रेट र एचडिआर सर्टिफिकेसनसहितको ६.७८ इन्च एमोलेड डिस्प्ले उपलब्ध छ। त्यसैगरी, फोनको डिस्प्ले उत्कृष्ट कन्ट्रास तथा ब्ल्याक लेभलसहित राम्रो र उज्यालो छ। यस फोनको डिस्प्ले सुरक्षित राख्न गोरिल्ला ग्लास ७ आई को सुरक्षा दिइएको छ।
स्पिकर
स्पिकरको कुरा गर्नुपर्दा टेक्नोले यस फोनमा डोल्बी एट्मोस सपोर्टसहितको राम्रो स्पिकर उपलब्ध गराएको छ। यस फोनको स्पिकर चर्को छैन तर चलचित्र हेर्न तथा गीतसंगीत सुन्नका लागि राम्रो छ।
पर्फमेन्स
टेक्नो ४० प्रोलाई मिडियाटेक डाइमेन्सिटी ७३०० फाइभजी चिपसेट दिइएको छ जुन यसको मूल्यको तुलनामा राम्रो हो। यसले फोन प्रयोग गर्दा फास्ट अनुभव गराउँछ। निर्माताले यसलाई गेमिङ्गका लागि पनि अप्टिमाइज गरेको छ। यसको र्याम म्यानेजमेन्ट पनि राम्रो रहेको छ।
सफ्टवेयर
यो फोनमा एन्ड्रोइड १५ उपलब्ध छ जसको माथि कम्पनीको एचआईओएस लेखिएको छ। टेक्नोले ३ वर्षको ओएस र ४ वर्षको सेक्यूरिटि अपडेटहरु उपलब्ध गराउने वाचा गरेको छ। त्यसैगरी, टेक्नोले यसमा एआई विशेषताहरुलाई पनि छुटाएका छैन। प्रयोगकर्ताले यसमा एआई सहयोगका लागि एल्ला उपलब्ध गराएको छ जसले विभिन्न कार्य गर्न सहयोग प्राप्त गर्न सक्नेछन्।
क्यामेरा
यस फोनको अगाडि र पछाडि दुबैतिरको मूख्य क्यामेरा ५० मेगापिक्सलको रहेको छ। यसका साथै पछाडि ८ मेगामिक्सलको अल्ट्रावाइड क्यामेरा पनि रहेको छ।
ब्याट्री
टेक्नो ४० प्रोमा ५ हजार २०० एमएएच ब्याट्री दिइएको छ। अर्थात एक फुल चार्जमा सामान्यतया यस फोनको ब्याट्रीले ७ घण्टासम्म काम गर्दछ। फोनमा ४५ वाटको चार्जर उपलब्ध गराइएको छ जसले करिब ५० मिनेटमा चार्ज फुल हुनेछ।
मूल्य र भेरियन्ट
यस फोन ८ जीबी र्यामसहित १२८ जीबी र २५६ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ। यस फोन कालो, हरियो र सेतो गरी तीन कलर उपलब्ध छन्। यो फोन ३४ हजार ४१२ रुपैयाँदेखि ४१ हजार ४६० सम्ममा खरिद गर्न सकिनेछ।