फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्न सफल महालक्ष्मी विकास बैंक

Jun 30, 2025 12:38 PM Merolagani



नेपालको अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनेपेले महालक्ष्मी विकास बैंकसँगको साझेदारीमा महालक्ष्मी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ। महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूलाई फोनेपे क्रेडिट कार्ड सेवा प्रदान गर्ने पहिलो विकास बैंक बन्न सफल भएको हो।

फोनेपे क्रेडिट कार्ड स्किमअन्तर्गत उपलब्ध यो सेवा पूर्ण रूपमा भर्चुअल छ र महालक्ष्मी बैंकको मोबाइल बैंकिङ एप महालक्ष्मी स्मार्ट साथीमार्फत सजिलै पहुँच गर्न सकिन्छ।

यस कार्डमार्फत प्रयोगकर्ताहरूले नेपालभरका कुनै पनि फोनेपे क्युआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्छन्। यो कार्डले परम्परागत क्रेडिट कार्डका फाइदाहरू—जस्तै ४५ दिनको ब्याजरहित अवधि, लचिलो किस्ताबन्दी सुविधा, र क्युआरमार्फत सुरक्षित भुक्तानी—प्रदान गर्दछ।

कार्ड सार्वजनिक अवसरमा, महालक्ष्मी फोनेपे क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले ५० प्रतिशतसम्मको क्यासब्याक, अधिकतम ५०० रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नेछन्। सीमित अवधिको यो प्रमोशनले ग्राहकलाई क्युआर–आधारित क्रेडिट भुक्तानीको सहजता र प्रयोगात्मक अनुभव दिलाउने उद्देश्य राखिएको छ।

साझेदारीबारे बोल्दै फोनेपाका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘फोनेपे क्रेडिट कार्ड सेवा सुरु गर्ने पहिलो विकास बैंकका रूपमा महालक्ष्मी विकास बैंक हाम्रो नेटवर्कमा सहभागी भएकोमा हामी गर्वित छौं। डिजिटल प्रविधिलाई अपनाउने उहाँहरूको नेतृत्वले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता स्पष्ट देखिन्छ। यो साझेदारीले प्रत्येक नेपालीका लागि वित्तीय सेवा अझ सरल, आधुनिक र समावेशी बनाउने हाम्रो लक्ष्यतर्फको अर्को महत्वपूर्ण कदम हो।’

यस सुरुआतसँगै फोनेपे र महालक्ष्मी विकास बैंकले नेपालको क्रेडिट पहुँच र प्रयोगलाई नयाँ दिशातर्फ लैजाने उल्लेखनीय प्रयास गरेका छन्। अन्य वित्तीय संस्थाहरूले पनि चाँडै फोनेपे क्रेडिट कार्ड सेवा सुरु गर्ने तयारी गरिरहेका छन्, जसले देशलाई अझ स्मार्ट, सहज, र समावेशी डिजिटल बैंकिङ अनुभवतर्फ अघि बढाउने संकेत दिन्छ।

फोनेपे परिचयः

फोनेपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा नियमनमा रहेको नेपालकै सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो। एफवान सफ्ट ग्रुपको सहायक कम्पनीको रूपमा फोनेपेले पीसीआई डिएसएस प्रमाणीकरण प्राप्त गरेको कम्पनी हो। फोनेपेले बैंक तथा वालेट प्रयोगकर्ता र व्यवसायहरूलाई छरितो, सुरक्षित र भरपर्दो नगदरहित डिजिटल भुक्तानी सेवा प्रदान गर्दै नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ लैजाने प्रयासमा सक्रिय भूमिका खेलेको छ। प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी सञ्जालमा नवप्रवर्तन ल्याउने र भुक्तानी प्रणालीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।