ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशन हुँदै

Jul 02, 2025 01:23 PM Merolagani



यो सर्वसाधारणको लागि सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर हो ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना –२” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।

यो योजना प्रारम्भमा १.२० अर्बको कोष आकारबाट सुरु गरिने यो योजना यदि माग उच्च भएमा २५% ले वृद्धि गर्दै अधिकतम रू. १.५० अर्बसम्म विस्तार गर्न सकिनेछ । यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ ।

योजना पूर्ण रूपमा म्युचुअल फण्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।

मुख्य विशेषताहरू

  • योजनाको प्रकारः बन्दमुखी योजना
  • फण्डको नामः ग्लोबल आइएमई म्युचुअल फन्ड
  • योजनाको नामः ग्लोबल आइएमई समुन्नत योजना –२
  • कोषको आकारः प्रारम्भिक रू. १.२० अर्ब (अत्याधिक माग भएमा रू. १.५० अर्बसम्म)
  • प्रति इकाई मूल्यः रू. १०
  • सर्वसाधारणमा निष्काशन गरिने इकाईहरूः १२ करोड
  • न्यूनतम लगानीः १०० इकाई
  • अधिकतम लगानीः योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई
  • योजना अवधिः इकाई बाँडफाँट मिति देखि १० वर्ष
  • लाभांश नीतिः प्राप्त मुनाफाबाट वितरण बाँकी रकम पुनः लगानी
  • सूचीकरणः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध
  • प्रारम्भिक लगानीः १५ प्रतिशत –फण्ड प्रायोजक र व्यवस्थापक)
  • व्यवस्थापन शुल्कः नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
  • डिपोजिटरी शुल्कः नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

लगानी गर्नुपर्ने कारणहरू

  • व्यवसायिक व्यवस्थापन
  • विविधीकरण
  • सहजता र पहुँच
  • सस्तो लगानी
  • पारदर्शिता
  • कर छुट
  • लगानीकर्ता संरक्षण

लगानी प्रतिफल

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फण्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स् फण्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानी गर्नको लागि, लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।