अब सातै प्रदेशले राइड शेयररिङसम्वन्धी कानुन बनाउने, सरकारले खोलिदियो बाटो

Jul 02, 2025 04:12 PM merolagani



सात वटै प्रदेश सरकारले राइड शेयरिङ सम्वन्धी कानुन ल्याउने बाटो खुलेको छ । 

यसअघि गण्डकी प्रदेश सरकारले मात्र राइड शेयरिङ नियमावली ल्याइ कार्यान्वयन गर्न खोजे पनि यातायात व्यवसायीले चर्को विरोध गरेका थिए ।

अब भने गण्डकी प्रदेश सरकारले मात्र होइन, अन्य ६ वटा प्रदेशले पनि राइड शेयरिङसम्वन्धी कानुन ल्याउन बाटो खुलेको हो । लामो समयदेखि विवादित बन्दै आएको राइड शेयरिङसम्वन्धी कानुन अब प्रदेश सरकारबाट नै बनाउन संघीय सरकारले निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगतको यातायात व्यवस्था विभागले सातवटै प्रदेशमा पत्राचार गर्दै राइड शेयरिङसम्वन्धी कानुन बनाउन निर्देशन दिएको हो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।