अब सातै प्रदेशले राइड शेयररिङसम्वन्धी कानुन बनाउने, सरकारले खोलिदियो बाटो

Jul 02, 2025 04:12 PM merolagani



सात वटै प्रदेश सरकारले राइड शेयरिङ सम्वन्धी कानुन ल्याउने बाटो खुलेको छ । 

यसअघि गण्डकी प्रदेश सरकारले मात्र राइड शेयरिङ नियमावली ल्याइ कार्यान्वयन गर्न खोजे पनि यातायात व्यवसायीले चर्को विरोध गरेका थिए ।

अब भने गण्डकी प्रदेश सरकारले मात्र होइन, अन्य ६ वटा प्रदेशले पनि राइड शेयरिङसम्वन्धी कानुन ल्याउन बाटो खुलेको हो । लामो समयदेखि विवादित बन्दै आएको राइड शेयरिङसम्वन्धी कानुन अब प्रदेश सरकारबाट नै बनाउन संघीय सरकारले निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगतको यातायात व्यवस्था विभागले सातवटै प्रदेशमा पत्राचार गर्दै राइड शेयरिङसम्वन्धी कानुन बनाउन निर्देशन दिएको हो ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।