७२ घण्टा होइन ७२ महिना हेरेर लगानी गराैं

Jul 03, 2025 07:07 PM Merolagani



पछिल्ला ५ कारोबार दिनदेखि शेयर बजार निरन्तर रुपमा बढेको छ । यो अवधिमा २५ सयको विन्दुमा झरिसकेको बजार २७ सय माथिको मानेवैज्ञानिक विन्दु वरपर पुगेर रोकिएको हो ।

यस दिन नेप्से सूचक ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा पुगेको छ भने ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बजारसँग सरोकार राख्ने विषयहरु अनुकुल बन्दैछन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदै छ । मौद्रिक नीतिकाे समीक्षा मार्फत नीतिगत वाधा फुकुवा भएका छन् । बाँकी रहेका अप्ठ्याराहरु पनि फुकुवा हुने आशा गरिएको छ । सोही अनुसार बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको पाइन्छ ।

बजार बढ्नको लागि राम्रो सुरुवात गरेको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताए । बजारमा सेक्टर अनुसार रणनीति बन्दै छ । फाण्डामेन्टल बलिया कम्पनीमा लगानी बढेको छ भने कारोबार रकम पनि सन्तोषजनक रहेको पाण्डेले बताए । अब लगानी गर्न ढिला गर्न नहुने, अझै कुर्नेले महँगोमा शेयर किन्नु पर्ने अवस्था आउने उनको बुझाई छ । साथै शेयर बजारमा ७२ घण्टा होइन ७२ महिनाको रणनीति बनाएर लगानी गर्नेको लागि सुरक्षित हुने र आकर्षक लाभ प्राप्त गर्न सकिन्छ । बजारमा धैर्यता गर्ने लगानीकर्ताले कहिल्लै पछुताउन नपरेको पाण्डेको बुझाई छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।