नाडा अटो शोमा ७५ स्टलहरू रहने, एमएडब्लु ग्रुपले टाइटल स्पोन्सर गर्ने

Jul 04, 2025 12:57 PM merolagani



 आउँदाे भदौ ३ देखि ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको लागि स्टल बाँडफाँट भएको छ । 

बिहीवार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटो शो २०२५ का लागि ७५ स्टल बाँडफाँट गरेको हो । यसपटक एमएडब्लु ग्रुप अफ कम्पनीले अटो शोको टाइटल स्पोन्सर गर्ने भएको छ ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीमा चार पाङ्ग्रे सवारी साधनका १८ वटा स्टल रहनेछन् भने ४ वटा दुई पाङ्ग्रे र लाइट कमर्सियल भेइकलका १३ वटा स्टल रहनेछन् । यसैगरी, अटो कम्पोनेन्टका ४० वटा स्टल रहने नाडाले जनाएको छ ।

नाडा अटो शोमा यसपटक चार पाङ्ग्रेमा दिपाल, अवतार, डोङफेङ, नामी, सेरेस, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काईवेल, बीवाईडी, फोटोन, विएडब्लु ब्रम्वी, जेवाई एयर, विलाभल, एलएस अटो र जिनपेङका स्टल रहनेछन् ।

यसैगरी, दुई पाङ्ग्रेमा हिरो, रोयल इनफिल्ड, जोनसेन र यामाहा तथा लाईट कमर्सियलतर्फ न्यू गोनाउ, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सिजी केवाईसीरकिङलङ, मोन्त्र, स्काईवर्थ, काईन्यू, कावेरनभेको र सनलङ ब्रान्डको उपस्थिती रहनेछ ।

कम्पोनेन्टतर्फ, एसियन, गल्फ, डकहाम्स, एटिएस एल्गि, मिशेलिन, एसटिसी राइडरइनर्जी, सिएट, जेके, मानाटेक, टाटा ग्रिन, टोटल इनर्जिज, म्याक र पिएलओ लगायत ब्रान्डले स्टल बुक गराएका छन् ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।