सई खड्काले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि खैलाबैला, प्रहरी प्रधान कार्यालयद्धारा कारवाही शुरु

Jul 04, 2025 02:08 PM mero lagani



भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा  हस्ताक्षर गरेका प्रहरी सहायक निरीक्षक (सई) कमल खड्कामाथि प्रहरी प्रधान कार्यालयले कारवाही गर्ने भएको छ । 

त्यसको लागि ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत उनलाई प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आदेश दिइएको छ ।

विहिबार त्यस्तो आदेश पाए पनि खड्का अहिलेसम्म प्रहरी प्रधान कार्यालयमा हाजिर भने भैसकेका छैनन् । नेपालगन्जबाट आउंदै गरेको र आइतबार वा सोमबारसम्म हाजिर भैसक्ने बताइएको छ । त्यसपछि उनीमाथि थप कारवाही अगाडि बढ्नेछ । उनलाई चेतावनी दिएर छोड्ने कि नसिहत वा निश्चित अवधिको लागि निलम्बनसहितका अन्य कारवाही गर्ने भन्ने बारेमा छलफल भैरहेको बताइएको छ ।

सहकारी ठगी प्रकरणमा रहेका आफ्ना सभापति लामिछानेलाई रिहा गर्नको लागि दबाब दिन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिले देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ । त्यहीक्रममा सई खड्का प्रहरीको बर्दीसहित रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएका थिए ।
नेपालगन्जमा राखिएको कार्यक्रम स्थलमै सरकारी बर्दीमै पुगेर खड्काले हस्ताक्षर गरेका थिए ।

त्यसलगत्तै रास्वपाका कार्यकर्ताहरुले नै उनको तस्विरलाई भाइरल बनाएका थिए । कतिपयले सामाजिक संजालमा खड्काले हस्ताक्षर गर्दै गरेको तस्विर राखेर लामिछानेलाई जेल हालिएकोमा प्रहरी भित्रै असन्तुष्टि बढिरहेको भन्दै विद्रोह हुन सक्ने आसयका पोष्टहरु गरिरहेका छन् । त्योसंगै यो घटना गृह प्रशासनमा समेत एक किसिमको खैलाबैला मच्चाएको छ ।

त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले खड्का माथि कारवाही प्रकृया शुरु गरेको हो ।

प्रहरी संगठनको आचारसंहिता अनुसार प्रहरी कर्मचारीहरूले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ। निष्पक्षता र संस्थाको मर्यादा कायम राख्नुपर्ने संवैधानिक दायित्व विपरीत खड्काको व्यवहारले प्रहरी संगठनको छविमा आँच पुर्याएको ठहर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

#c6##c7#

जागिरबाट अवकाश पाए पछि कुनै राजनीतिक पार्टीमा आवद्ध हुन अवरोध नभए पनि प्रहरीको सेवा अवधिभर कुनै पनि राजनीतिक पार्टीको समर्थन वा विरोध गर्न कानुनले नै निषेध गरेको छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।