६ कारोबार दिनको वृद्धिपछि नेप्सेमा करेक्सन

Jul 07, 2025 03:20 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्सेमा यस दिन करेक्सन भएको हो।

पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक ११०.५९ अंक बढेको थियो। सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।

सोमबार नेप्से परिसूचक २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेकस ४.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक घटेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार साढे ९ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने भगवती हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।