मसान्त नजिक नाफा बुक गर्दा बजारमा करेक्सन

Jul 07, 2025 05:29 PM Merolagani



निरन्तर बढेको बजारमा आज करेक्सन भएको छ । यस दिन नेप्से सूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा बन्द भएको छ । आज ८ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

निरन्तर १०० अंक बढीले बढेको बजारमा करेक्सन भएको हो । असार मसान्तको संघारमा निरन्तर बढेको शेयरको नाफा बुक गर्दा बजारमा करेक्सन भएको हो ।

निरन्तर बढेको मौकामा बजारको करेक्सनले सूचकलाई थप मजबुत बनाउने लगानीकर्ताहरुको बुझाई छ । असार मसान्तको दवाव साथै ब्रोकरहरुको सेटल्मेटको दवाव भएकाले टे्डिङको रुपमा कारोबार हुने कम्पनीमा धेरै घटेको देखिन्छ । ब्रोकरको सेटल्मेटमा लगानीकर्ता सकृय हुँदा सूचक घटेको हो ।

बजार एकोहोरो बढिरहने मात्र गर्दैन । बजारमा हुने उतारचढावले बजार थप मुजबुत हुने लगानीकर्ताको बुझाई छ । साथै बैंकको ब्याजदर सस्तो हुनु र नीतिगत सहज हुदै गर्दा बजारको दीर्घकालीन यात्रा सकारात्मक हुने विश्वास छ । मौद्रिक नीति आएपछि बजारमा अझै उत्साहित हुने आशामा शेयर किनेर बस्नेहरु रहेकाले अहिलेको यो करेक्सनमा डराउन नपर्ने लगानीकर्ताहरुको बुझाई छ ।

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।