रसुवामा बाढीले १६ जना बेपत्ता भएकाे खबर आउनसाथ बैठक छोट्याइयाे

Jul 08, 2025 11:03 AM Merolagani



धुलिखेलमा बसेको वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी – २०८२ निर्धारित तालिकाअनुसार पूर्ण रूपमा सम्पन्न हुन सकेन । रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीमा १६ जना बेपत्ता भएसँगै गृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेको हो । बाढीमा केही सुरक्षाकर्मी समेत बेपत्ता भएका छन् ।

गोष्ठीको उद्घाटन सत्र वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेले गरेका थिए। सुरक्षा गोष्ठीमा गृहमन्त्री रामेश लेखक, वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ), सुरक्षा निकायका केन्द्रिय प्रमुखहरू, विपद् जोखिम न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश प्रहरी, १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, तथा गृह मन्त्रालयअन्तर्गतका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

 

बैठकमा आयोजना गर्न लागिएको अन्तर जिल्ला समन्वय सत्र र अन्य प्रश्तुतिहरू स्थगन गरिएको भएपनि पूर्वनिर्धारित सुरक्षा ब्रिफिङ सत्र भने सञ्चालन गरिएको छ । उक्त ब्रिफिङमा प्रदेशस्तरीय सुरक्षाका रणनीति, विपद् व्यवस्थापन, आपतकालीन तयारी, जिल्लास्तरीय समन्वय र सूचनाको प्रवाहबारे छलफल गरिएको थियो ।

बैठकमा सहभागी अधिकांश सुरक्षा अधिकारी र प्रशासनिक पदाधिकारीहरूले रसुवाको अवस्था तत्काल हेर्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यक्रम छोट्याउने निर्णयलाई समर्थन गरेका छन् । बाढीको तत्कालिन स्थिति, मानवीय क्षति, बेपत्ता सुरक्षाकर्मीको अवस्थासहित गृह मन्त्रालयले प्रमुख विषयवस्तुहरूलाई तत्काल समन्वय गरी निष्कर्ष निकालेको बताइएको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।