नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुन चाँदी व्यवसायी महासंघले संयुक्त रुपमा आज र भोलीसम्म विरोध सभा गर्दैछ ।
दुवै दिन दिउँसाे १ बजे माइतीघर हुँदै नयाँ वानेश्वरसम्म र्यालीकाे अायाेजना हुनेछ । विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीसम्वद्ध संघसंस्थाले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् सरकारले लगाएको विलासिता करका कारण सुनको कारोबार ठप्प हुने र उपभोक्तालाई समेत थप आर्थिक भार थपिने देखिन्छ ।
सुन व्यवसायीका अनुसार, सुनको कारोबार समेत ठप्प हुँदा रोजीरोटी समेत गुम्ने अवस्था सिर्जना हुने देखिन्छ ।
