आज मौद्रिक नीति सार्वजनिक हुँदै, नयाँ बैंककाे लाइसेन्स खाेलिने‍

Jul 11, 2025 08:12 AM merolagani



नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

शुक्रबार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ । बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो।

आगामी वर्षको लागि ल्याइने मौद्रिक नीति शुक्रबार विहानको बैठकमा पेश हुनेछ। राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो।

माैद्रिक नीतिमा नयाँ बैकहरुकाे लाइसेन्स खाेलिने‍, विदेशी सयुक्त लगानीका बैकहरुलाई पनि नेपालमा वजार खाेलिने, वाणिज्य बै‌कहरुकाे बर्गीकरण गरिने, असल बैकहरुलाई स्वनियमनमा  राखिने, कमसल बै‌कहरुलाई मात्र नियमनमा केन्दित गरिने, ऋण दिने मापदण्ड व्यापक पुनरावलाेकन गरिदै बिद्यमान तरलता व्यवस्थापन गरिनेलगायतका उदारवादी  व्यवस्था समेटिने भएकाे छ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।