मौद्रिक नीति सार्वजनिक भएसँगै मेरो लगानीसँग प्रतिक्रिया दिँदै उनले समग्र अटो क्षेत्र व्यवसायका लागि मौद्रिक नीतिले खुसी हुने ठाउँ नदिएको बताए ।
‘मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका लागि खुसी हुने ठाउँ कहिँ पनि छैन् । केही नयाँ र विद्युत्तीय सवारी प्रवर्द्धन गर्ने विषय पनि ओझेलमा परेको देखिन्छ,’ उनले बताए ।
उनले हायर पर्चेच सम्वन्धी नयाँ व्यवस्था गर्न लागेकोमा केही सकारात्मक देखिए पनि त्यसको कार्यान्वयनबाट हुने प्रभाव मुल्यांकन गर्नुपर्ने बताए ।