मौद्रिक नीतिको उत्साह बजारमा देखियाे, निरन्तरता हाेला त ?

Jul 13, 2025 05:48 PM Merolagani



नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर बजारमा उत्साह ल्याएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार दिन बैंक तथा वित्तीय कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

लचक नीति आउने अपेक्षा अनुसार पछिल्लाे समय बजार निरन्तर बढिरहेकाे छ । आइतबारको बजार २९ अंकले बढेर २२७६०.८० विन्दुमा पुगेको छ । ११ अर्ब ४१ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर बजारको लागि सकारात्मक उर्जा दिने लगानीकर्ताहरुको बुझाई छ । मौद्रिक नीतिका कारण ब्याजदर अझै सस्तो हुने, बैंक तथा वित्तीय संस्थाको व्यवसाय वृद्धि हुने र लघुवित्तको लाभांशमा लाग्दै आएको अंकुश हट्नुका साथै पूँजी वृद्धिको कुरा बजारका लागि महत्वपूर्ण रहेको लगानीकर्ताको भनाइ छ ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि बजार अझ उत्साहित हुने देखिन्छ । यो लचक मौद्रिक नीतिको कार्यान्वयनको सकारात्मक प्रभाव अझै बढ्नेमा लगानीकर्ताहरु विश्वस्त छन् ।




अब लगानीकर्ताको बैंक खाता र टिएमएस लिङ्क हुने, बैंक खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था गरिदै

Jul 23, 2025 02:37 PM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको टिएमएसमा बैंक खाता लिङ्क गराउने भएको छ। बैंक खाता र टिएमएस लिङ्क भएपछि लगानीकर्ताको खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था धितोपत्र बोर्डले गर्न लागेको हाे।