नेप्से र कारोबार रकम दुबै घट्यो

Jul 14, 2025 03:20 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब साढे ११ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ७२ हजार ६०१ पटकको कारोबारमा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँबराबरको २ करोड ११ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन माइ खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.९० अंक प्रतिशत बढेको छ। त्यस्तै, यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन ४.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ८८ लाख ५३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब साढे ३९ करोडको शेयर किनबेच भएको छ भने सानिमा बैंकको कारोबार रकम २४ करोड ७५ लाख रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको हो। बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।