७ वटा चार्जिङ स्टेशनको पूर्वाधार सुधार्न प्राधिकरणले छुट्यायो थप रकम, कुन–कुनमा पर्यो बजेट

Jul 22, 2025 10:59 AM Merolagani



नेपाल विद्युत् प्राधिकरणले आफ्ना ७ वटा विद्युत् वितरण केन्द्रअन्तर्गतका चार्जिङ स्टेशनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थप बजेट छुट्याएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकासहित देशका ७ वटा वितरण केन्द्रका चार्जिङ स्टेशनको आवश्यक पूर्वाधार बनाउन १ करोड ८१ हजार रुपैयाँ थप बजेट छुट्याएको हो ।

प्राधिकरणका अनुसार, जोरपाटी वितरण केन्द्रअन्तर्गत पन्चपोखरी सुनौलो यातायात प्रालि, सोही केन्द्रमै निलो माइक्रो यातायात समिति प्रालि, सुर्खेत विरतण केन्द्रमा म शक्ति ट्रेड लिंक इको चार्ज इभी चार्जिङ स्टेशन, गु्ल्मी विरतण केन्द्रअन्तर्गत मैत्री यातायात प्रालि, भोजपुर वितरण केन्द्रमा जय बज्रङ किराना पसल, इटहरी वितरण केन्द्रमा रितेश्वर चार्जिङ सेन्टर र जोरपाटी वितरण केन्द्रको इन्द्रायणी भुल्बु यातायात प्रालिलगायतका चार्जिङ स्टेशनका लागि बजेट विनियोजन गरिएको हो ।

जसमा जोरपाटी विरतण केन्द्रका लागि १० लाख ६ हजार, सोही केन्द्रको निलो माइक्रो चार्जिङ सेन्टरका लागि १४ लाख ८१ हजार, सुर्खेत वितरण केन्द्रका लागि २८ लाख १९ हजार, गुल्मी वितरण केन्द्रका लागि १३ लाख ७१ हजार, भोजपुर वितरण केन्द्रका लागि १० लाख १८ हजार, इटहरी वितरण केन्द्रका लागि ९ लाख ९१ हजार र जोरपाटी वितरण केन्द्रका लागि १३ लाख ९५ हजार रुपैयाँ थप बजेट विनियोजन गरिएको हो ।

प्राधिकरणले पनि विद्युत खपतका विद्युत्तीय सवारी (इभी) का लागि देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । प्राधिकरणका अनुसार, गत आर्थिक वर्ष २०८१/०८२ को अवधिमा ३११ वटा चार्जिङ स्टेशन थप निर्माण भएका छन् ।

हालसम्म १ हजार ५११ वटा चार्जिङ स्टेशन तथा सेन्टरहरु जडान भइसकेको प्राधिकरणले जनाएको छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।