Mon, Dec 01, 2025
आज बजार अन्तिम समयमा १२ अंकले बढेर बन्द भएको थियो। तर, २० मिनेटपछिको नेप्से परिसूचक अद्यावधिक हुँदा भने २ अंकले घट्न पुग्याे । अन्तिम १५ मिनेटकाे भारित औसत गणना गर्दा बजार परिसूचकमा करिब ५-६ अंकको फरक देखिने गरेको थियो। तर, आज भने १४ अंक देखिएको छ।
अन्तिम १५ मिनेटमा बजार बढ्दाे लयमा रहे पनि ठूलो अंकको अन्तर देखिएपछि लगानीकर्ताले नेप्से परिसूचक गणनामा तीव्र आलोचना गरेका छन् । आजको शेयर बजार गिरावटलाई लिएर लगानीकर्ता सशंकित भएका छन् । लगानीकर्ताले सामाजिक संजालमा टिका टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा असन्ताेष बढेपछि नेप्सेले भने यसबारेमा अध्ययन गरिरहेकाे बताएकाे छ । नेप्सेले सूचना जारी गर्दै भनेकाे छ- 'सरोकारवालाहरुबाट आएको नेप्से परिसूचक गणना फरक परेको भन्ने विषयमा अध्ययन भइरहेको व्यहोरा सबैलाई जानकारी गराउँदछौ ।'
मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।