कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पूँजी वृद्धि गर्ने भएको हो । प्राधिकरणकाे २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्रै पूँजी वृद्धि गर्नु पर्ने कम्पनीले जानकारी गराएको छ ।
प्राधिकरणले तय गरेको पुनर्बीमाको सीमा एंव व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा उपस्थिती बढाउन अर्थमन्त्रालयको स्वीकृत लिएर शत प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको उल्लेख छ ।
उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि जारी हुने छ ।