सामान्य अंक घटेर बन्द भयाे नेप्से, कारोबार रकम घट्ने क्रम जारी

Aug 06, 2025 03:21 PM Merolagani



बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार करिब साढे ४१ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १.९४ अंक घटेर २८३२.०६ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८९ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ।

नेप्से सामान्य अंक घटेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ९ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ९३ हजार १८५ पटकको कारोबारमा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँबराबरको २ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बजारमा पछिल्लाे ८ काराेबार दिनदेखि काराेबार रकम निरन्तर घट्दाे क्रममा रहेकाे छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ४५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.४१ प्रतिशत बढेको छ। त्यस्तै लगानी र अन्य समूहकाे उपसूचक समेत सामान्य बढेकाे छ । कारोबारमा आएको बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापर र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।