बिहीबार नेप्से परिसूचक १८.३० अंक बढेर २८५०.३७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स ०.८९ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ९५ हजार ८३९ पटकको कारोबारमा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको २ करोड ५४ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.२६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड १ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बाँकी अरु उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।