नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

Aug 08, 2025 02:03 PM Merolagani



“रिडिफाइनिङ सक्सेस” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेल स्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ ।

आ.व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसाय सँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहकाे सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

अध्यक्ष सिंहले शुभारम्भ गरिएको सो सम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गइरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्वलाई आत्मसात गरी तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने सबै शाखाहरुलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय संकलन गर्न सफल भएकोमा सर्म्पुण शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाईलाई थप बृद्धि गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा सहभागि भएका कर्मचारीहरुलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै चर्चित व्यक्तित्व अनिल केशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गरेका थिए। यसैगरी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे । विभिन्न वित्तीय कृयाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले उनीहरुको वित्तीय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।

सांगितिक प्रस्तुती तथा कर्मचारीहरु बीच टग अफ वार, फुटसल प्रतियोगिता जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको सो सम्मेलनमा आ.व. २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरुलगायत बार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।