सुन र चाँदीको मूल्य घट्यो

Aug 11, 2025 10:55 AM Merolagani



साउन २६ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेको छ । साेमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको छ । आईबारको बजारमा चाँदी दुई हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।