युद्धले गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त

Aug 11, 2025 11:04 AM Merolagani



गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त भएको छ । यसले निराशाजनक अवस्था सिर्जना गरेको छ । मानिसहरूले डिलरहरूलाई ठूलो शुल्क तिरेर मात्रै आफ्नो पैसा निकाल्न पाउँछन् ।

अक्टोबर ७, २०२३ मा इजरायली सैन्य अभियान शुरु भएदेखि गाजा पट्टी कडा नाकाबन्दीमा छ । जसमा नगदमा समस्या आएको छ । नगद बिना केही कुरा पनि किन्न मिल्दैन । औपचारिक बैंकिङको अभावमा गाजावासीहरू आफ्नो पारीश्रमीक प्राप्त गर्न इजाजतपत्र नभएका मुद्रा परिवर्तकहरूलाई अत्यधिक शुल्क तिर्न बाध्य छन् ।

जुनको मध्यमा संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले ९५ प्रतिशतभन्दा बढी घरपरिवारले गम्भीर आर्थिक कठिनाइ भोगिरहेको देखाएको छ । व्यापक नगद अभावले खाद्यान्न खरिद गर्न लगभग असम्भव बनाएको देखाएको छ । नगद पाउनेहरूले अर्को समस्याको सामना गरिरहेका छन् किनभने विक्रेताहरूले जीर्ण नोटहरू स्वीकार गर्न अस्वीकार गरिरहेका छन् ।

विक्रेताहरू र व्यापारीहरूले अब नयाँ मुद्रा नोटहरू मात्र स्वीकार गर्छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।