नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य नै हाल सम्मको उच्च हो । यस दिन सुनकाे मूल्यले पुस ९ गते, बुधबारको रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । बिहीबारको बजारमा भने सुनकाे मूल्य घटेर प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारको बजारमा चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले पनि पुस ९ गते कायम उचाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । बिहीबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
