नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँ बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
