सुन र चाँदीको मूल्य घट्यो

Dec 04, 2025 10:59 AM Merolagani



मंसिर १८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात बुधबार, यस्तो सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार तोलाको ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।