सुनको मूल्य बढ्यो, चाँदी घट्यो

Dec 08, 2025 10:56 AM Merolagani



मंसिर २२ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात आइतबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आजको बजार चाँदी तोलाको तीन हजार ५८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।