सुन र चाँदी दुबैको मूल्य बढ्यो

Nov 30, 2025 11:04 AM Merolagani



मंसिर १४ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, गत शुक्रबार तोलाको ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।