उनकाअनुसार आयोजना छनोटका लागि, ट्रेजरीबाहिरबाट स्रोत जुटाउन र कार्यान्वयन गर्नका लागि यो कानूनले महत्वपूर्ण हुनेछ । प्रतिफल दिने योजनामा निजी क्षेत्रबाट समेत लगानी जुटाउन यो कानून महत्वपूर्ण हुने उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले भने– ‘अहिले राज्यले पूर्वाधारमा लगानी गर्नसक्ने अवस्था रहेन । हामीलाई स्रोतको ठूलो दबाब भयो त्यसैले प्रतिफल दिने आयोजनामा ट्रेजरी भन्दा बाहिरबाट स्रोत जुटाउन यो विधेयक ल्याइएको हो । वैकल्पिक स्रोतमार्फत पूर्वाधारहरुमा लगानी जुटाएर ठूला आयोजनाहरु अघि बढ्न सघाउ पुग्नेछ ।’
वैकल्पिक वित्तको कानून बनेपछि स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अहिले परिरहेको समस्या सामाधान हुनेछ । खानीका अध्ययन, मल कालखाना, आइटी लगायतका क्षेत्रमा त्यस्तो स्रोत परिचालन गर्न सकिने उनले बताए ।