वैकल्पिक वित्त कोष स्थापना गर्न ढिला नगरौंः सांसद कार्की

Aug 11, 2025 01:34 PM Merolagani



पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तिब्र पारिनुपर्ने बताएका छन्। अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको पूर्वाधार निर्माणका लागि निजी क्षेत्रको समेत सहभागिता हुनेगरी ल्याइएको कानून छिटो बनाइनुपर्नेमा जोड दिए । सरकारले वैकल्पिक विकासको योजनाहरु अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।

पूर्व अर्थमन्त्री कार्कीले भने– ‘नयाँ सोचका साथ वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि कानून ल्याइएको हो । चाँडोभन्दा चाँडो समितिबाट पास हुनुपर्छ । अहिले जुन तरिकाले समितिमा छलफल भएको छ, यो ढिलाइ भइरहेको छ । वैकल्पिक विकासको योजनाहरु अघि बढाउनुपर्छ ।’

सांसद कार्कीकाअनुसार अहिले देखिएको स्रोत अभावको समस्यालाई हटाउन र विकासमा निजी क्षेत्रको सहभागीता बढाउन वैकल्पिक वित्त कोष महत्वपूर्ण हुनेछ । विधेयकमा धेरै कुरा स्पष्ट रहेको उनले बताए ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।