वर्षातमै रित्तियो कुलेखानी, दबाबमा विद्युत प्राधिकरण, हिउँदमा काठमाडाैंमा लोडसेडिङको खतरा

Aug 11, 2025 04:04 PM mero lagani



कुलेखानी जलविद्युत आयोजनामा पानीको सतह लगभग सकिएको छ । काठमाडाैं उपत्यकामा विद्युतको मुख्य स्रोतकोरुपमा रहेको कुलेखानी जलविद्युत आयोजनामा पानीको सतह लगभग सकिएको छ । वर्षातको समयमै पानीको सतह घटेपछि नेपाल विद्युत प्राधिकरण दबाबमा परेको छ ।

कुलेखानी कुलेखानी कुलेखानी जलाशयमा पानी जम्मा हुने अधिकतम सीमा समुद्र सतहबाट १५३० मिटर हो भने यसको न्यूनतम सीमा १४९० मिटर हो । आइतबार कुलेखानी जलाशयमा पानीको सतह १४९२.७ मिटर कायम भएको छ । जबकी गत वर्ष साउन अन्तिममा कुलेखानीको जलाशय १५१३ मिटर पुगेको थियो ।

कुलेखानी पूरै भरिंदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ । र त्यसक्रममा २२० हेक्टर पूर्णरुपमा डुबानमा पर्छ ।

वर्षायाम सुरु भए पनि कुलेखानी आसपासमा क्षेत्रमा राम्रोसँग पानी नपरेकोले जलासयमा पानी जम्मा नभई रित्तिदैं गएको विद्युत प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत उत्पादन हुने गर्छ ।

स्मरण रहोस ६० मेगावाट क्षमताको कुलेखानी १, ३२ मेगावाटको क्षमताको कुलेखानी २ र कुलेखानी तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।

नेपालको एक मात्र जलाशययुक्त आयोजना (Reservoir Project) भएकोले वर्षातमा पानी जम्मा गरि हिँउदको समयमा पूर्ण क्षमतामा विद्युत उत्पादन गरि काठमाडाैं उपत्यकामा प्रवाह गरिदैं आएको छ । तर, यस पटक वर्षातकाे समयमै आयोजनामा पानी सकिन लागेकोले विद्युत प्राधिकरण दबाबमा परेको छ ।

‘अझै पनि पानी पर्ला आयोजनाको पोखरी भरिएला भन्ने आश छ, तर पानी राम्रोसंग परेन र आयोजनास्थल नभरिए त्यसैले यो वर्षको हिउँदमा काठमाडाैं उपत्यकामै विद्युतको अभाव सृजना हुन सक्छ । त्यसैले प्राधिकरणलाई चिन्ता थपेको छ’ प्राधिकरणका एक अधिकारीले मेरो लगानीसँग भने ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।