प्रति एकड २ सेण्टको दरले रूसले अमेरिकालाई बेचेको अलास्कामा ट्रम्प र पुटिनबीच वार्ता हुँदै

Aug 11, 2025 03:12 PM mero lagani



अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच आगामी शुक्रबार भेटवार्ता हुने टुंगो लागेको छ । 

युक्रेन युद्धको विषयलाई लिएर दुवै देशबीच तनाव बढिरहेको बेला हुन लागेको यो वार्ता अमेरिका र रुसबीचको सम्वन्धको विषयलाई भन्दा पनि युक्रेनको भविश्यको लागि अर्थपूर्ण मानिएको छ ।

युक्रेनलाई सहभागी नबनाई दुई राष्ट्रपतिबीच युक्रेनको विषयमा कुनै सहमति भए त्यसले कस्तो परिणाम देला भन्ने विषयले अहिले विश्वभर चर्चा पाएको छ ।

त्योसँगै यसपटक अमेरिकी ट्रम्प र रुसी पुटिनले प्रत्यक्ष भेटघाटको लागि तय गरेको स्थानको विषयले पनि विश्वको ‘राजनीतिको बजार’ मा विशेष चर्चा पाएको छ । भेटवार्ता हुने तय भएको अमेरिकाको अलास्का त्यही शहर हो, जुन कुनै बेला रुसको थियो र पछि उसले अमेरिकालाई बिक्री गरेको थियो ।

अमेरिकाको उत्तर–पश्चिमी क्षेत्रमा ५ लाख ८६ हजार ४१२ वर्गकिलोमिटरमा फैलिएको अलस्का सन् १८६७ मा रुसले अमेरिकालाई बिक्री गरेको थियो ।

विशाल समुद्रतट, हिमाल, घना जंगल क्षेत्रमा फैलिएको अलास्कामा दर्जनौं हिमनदीहरु बग्छन् । रुसको सुदूर पूर्वि क्षेत्रमा रहेको क्षेत्रमा प्राकृतिक सम्पत्तिहरु प्रशस्त भए पनि त्यतिबेला बस्ती थिएन्, अर्थात निजी घर जग्गा थिएनन् । जति थिए सबै रुसी सरकारका थिए ।

त्यहीक्रममा सन् १८६६ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि रूस र अमेरिकाबीच अलास्का खरिद बिक्री सम्वन्धि वार्ता शुरु भएको थियो । करिब एक वर्षको निरन्तरको वार्तापछि प्रति एकड २ सेन्टका दरले सिंगै आलास्का खरिद बिक्री गर्ने गरि १८६७ मार्च ३० मा दुई देशबीच सहमति भयो । त्यो अनुसार अमेरिकाले रूसलाई ७२ लाख डलर रुपैयाँ तिरेर अर्थात प्रति एकड २ सेण्टको  दरले रकम तिर्ने निर्णय गरियो । ३० मार्चमा दुवै देशका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अहिले अलास्कामा रुसी मुलका करिब ४ हजार मानिसहरुको प्रशस्त बसोवास रहेको बताइन्छ । तर, अमेरिकालाई बिक्री गरेदेखि अहिलेसम्म कुनै पनि रुसी उच्च अधिकारीले अलास्काको भ्रमण गरेका छैनन् । त्यस्तो भ्रमण गर्ने पुटिन नै पहिलो रुसी सरकारी अधिकारी हुने भएका छन् ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।