एक महिनासम्म खटाएको स्थानमा नगएपछि गृह मन्त्रालयको कर्मचारी महाशाखाले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई साउन १५ गते २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिएको थियो ।
उनीहरूको साउन २० गतेबाट दुवै हाजिरी काटिएको महाशाखाका एक अधिकृतले जानकारी दिए ।
‘२३ कर्मचारीलाई २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिइएकोमा ८ कर्मचारी मात्रै सम्बन्धित स्थानमा खटिएका छन् । बाँकीको मन्त्रालयमा रहेको हाजिरी काटिएको छ,’ ती अधिकृतले भने ।
मन्त्रालयको प्रशासन महाशाखाले साउन १६ गते मन्त्रालयको वेब पोर्टलमा सूची सार्वजनिक गरेको थियो ।
खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत र साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा थिए ।
ती मध्ये सात शाखा अधिकृत र एक नायब सुब्बा भने तोकिएको स्थानमा गएका छन् ।
तोकिएको स्थानमा जाने शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरन्जीवी जिएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे छन् ।
एक नायब सुब्बा तोकिएको स्थानमा गएका छन् । बाँकीको हाजिरी काटिएको हो ।
यस्तो छ २४ घण्टे उर्दी काटिएका कर्मचारीहरूको सूची-
