फराकिलो अंकले नेप्से घटेपनि कारोबार रकम बढ्यो

Aug 11, 2025 03:41 PM Merolagani



सोमबार नेप्से परिसूचक फराकिलो अंकले घटेर बन्द भएको छ । गत बिहीबार फकर्न सुरु गरेको बजारले यस साताको पहिलो कारोबार दिन बजार पुनः घट्न सुरु गरेको हो ।

सोमबार नेप्से परिसूचक २७.९० अंक घटेर २८२२.४६ विन्दुमा आएकाे छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ इण्डेक्स १.७३ अंक घटेको छ ।

नेप्से सूचक घटेपनि कारोबार रकम बढेको छ । सोमबारको बजारमा २५० कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर १० अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

यस दिन रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक अर्थात सर्किट लेभलमा बढेको छ। त्यस्तै, यस दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ६.८७ प्रतिशतले बढी बढेको छ । कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.६४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड ८८ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन रिइन्स्योरेसको करिब ४२ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने नेपाल रि इन्स्योरेन्सको कारोबार ३६ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूह मध्ये २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेको छ । यसदिन म्युच्युअल फण्ड र अन्य समूहको सूचक सामान्य बढेको छ । सोमबारको बजारमा लघुवित्त उपसमूहको परिसूचक सबै भन्दा धेरै घटेको छ । यो समूहको परिसूचक २.३५ प्रतिशतले घटेको छ भने विकास बैंक समूह २.३१ प्रतिशतले घटेको हो । त्यसैगरी, फाइनान्स, हाईड्रोपवार, लगानी, निर्जीवन समूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको छ । आज कारोबार भएको आधारमा बजार पूँजीकरण ४७ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ ।

 

 




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।