किन घटिरहेको छ बजार ?

Aug 11, 2025 06:33 PM Merolagani



शेयर बजारले घट्दाे क्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चरणमा ३ हजारको विन्दुमा पुगेर घट्न सुरु गरेको हो ।

सोमबारको बजार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा झरेको छ । यस दिन १० अर्ब २१ करोड रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ । शेयर बजारको लागि सबै अनुकुल वातावरण बनेका छन् । बजार बढ्न पर्ने आधारहरु सिर्जना भएको छ । तर बजारमा बढ्ने भन्दा पनि घट्ने क्रमले लगानीकर्ताको मनोभावना कमजोर बनाएको छ ।

सूचीकृत भएका कम्पनीहरु गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । प्रकाशित भएको वित्तीय अवस्था सन्तोषजनक भएकाे लगानीकर्ताहरुको बुझाई छ । केही कम्पनीले लाभांश वितरण गर्न सुरु गरेका छन् । जसले बजार सकारात्मक हुनेछ । यसपटक बजारले २७६० वरपरबाट पुनः बढ्दो गति समाउने आंकलन गरिएकाे छ ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।