जग्गा जमिन र सवारीसाधन लिलाम गरेर सहकारी पीडितकाे रकम फिर्ता गरिदै, पीडितले ४ अर्ब फिर्ता पाए, अझै साढे ३४ अर्ब बाँकी

Aug 12, 2025 11:12 AM mero lagani



समस्याग्रस्त घोषित २२ वटा सहकारी संस्थाहरूका जग्गा लिलामीबाट असुल भएको तीन अर्ब ९७ करोड रुपैयाँ सहकारी पीडितहरुले फिर्ता पाएका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयकाअनुसार हालसम्म २२ वटा समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले ३८ अर्ब ४२ करोड रुपैयाँ माग दाबी गरेका छन् । त्यो अनुसार अझै उनीहरुले ३४ अर्ब ४५ करोड रुपैयाँ पाउन बाँकी छ ।

आर्थिक २०८०/२०८१ मा ८८ करोड रुपैयाँ असुलउपर गरेको समितिले २०८१/२०८२ मा चाहिँ तीन अर्ब १३ करोड रुपैयाँ उठाएको थियो।

समितिले ऋणी र बचतकर्ता मिल्न चाहे मिलापत्र गर्ने, पैसा तिरेर राफसाफ गर्ने र तेस्रो विधि भने जग्गा जमिन लिन इच्छुक बचतकर्ताले मूल्याङ्कनका आधारमा त्यो लिन सक्ने उपाय अपनाएको छ । त्यही अनुसार कतिपय ऋणीहरुले त्यसरी पनि आफ्नो हिसाब राफसाफ गरिरहेका छन् ।

अब सवारी साधन पनि लिलामी गरिदैं

जग्गा जमिन लिलाम गर्दै आएको सरकारी समितिले अहिले तिनको स्वामित्वमा भएका सवारीसाधन लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको छ।

जफत गरिएकामध्ये दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरी २१ वटा सवारीसाधन लिलाममा बिक्री गर्न लागिएको हो । सोमवार एउटा सूचना निकाल्दै खरिदका लागि सिलबन्दी निवेदन पेस गर्न आह्वान गरेको छ ।

हाल कुल ३४ वटा सवारीसाधन जफत गरिएकामा २१ वटाको प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।

 




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।