मंगलबारको बजार २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको छ । यस दिन ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजारले नयाँ उचाइ बनाउने प्रतिक्षामा रहेका लगानीकर्ता झन झन दबाबमा परेको देखिन्छ । समग्र अवस्था अनुकुल भएको छ । तर बजारले सकारात्मक प्रतिकृया जनाउन सकिरहेको छैन । दिन प्रतिदिन कारोबार रकम घट्दो अवस्थामा रहेको छ । यसले बजार कमजोर हुँदै गरेको हो वा साइडवेजमा रहने संकेत गरेको हो भन्ने सोच्न बाध्य बनाएकाे छ ।
सूचीकृत भएका कम्पनीको वित्तीय विवरण सार्वजनिक भइरहेकाे छ । यसले बजारमा सकारात्मक माहोल सिर्जना गर्नु पर्ने हो । तर बजार उल्टो झन घटेको छ । यसले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई दुविधा बनाएको छ । बजार बढ्को लागि बलियो आधार बन्नु पर्ने शेयर बजारका सफल लगानीकर्ता राजेश्वर तिवारी बताउँछन ।
विगतका बुल हुनुमा बलिया आधार थिए । यस पटकको बजारमा त्यस्तो बलियो आधार नबनेको उनको बुझाई छ । सरकारको अस्थिर नीतिको दबाबमा बजार धेरै समय रह्यो । त्यसको त्रासबाट लगानीकर्ता मुक्त हुन नसक्दा बजारमा अल्पकालीन लगानीकर्ताको हावी भएको तिवारीको भनाइ छ ।