हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

Aug 19, 2025 10:10 AM Merolagani



हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

भदौ २ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।