एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ फण्डहरुको प्रतिफल घोषणा

Aug 19, 2025 10:20 AM Merolagani



एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी (NMB50) र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NSIF2) ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको छ।

यी दुबै फण्डहरुले करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषाा गरेका हुन्। प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

साथै यसै म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एमएबि हाइब्रिड फण्ड एल २ ले गत आर्थिक वर्षका लागि कुनै लाभांश वितरण नगर्ने भएको छ।