मध्य इंखुखोला र मैवाखोला जलविद्युत् आयोजना बुट मोडेलमा बन्ने, सर्ट लिस्टमा परे यी कम्पनी

Aug 27, 2025 01:16 PM merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तरगतकाे विद्युत विकास विभागले २७.९ मेगावाटको मध्य इंखुखेला जलविद्युत् आयोजना र १२.५ मेगावाट क्षमताको मौवाखोला जलविद्युत् आयोजना निर्माण, स्वामित्व, सञ्चालन र स्थानान्तरण (बुट) मोडेलमा बनाउन आशयपत्र पेश गरेका कम्पनीहरुमध्ये तीनवटा कम्पनी सर्टलिस्टमा परेका छन् ।

विभागकाअनुसार, प्राप्त हुन आएका आशयपत्रहरुको मुल्यांकन गरी सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम २०(१) अनुसार संक्षिप्त सूची सार्वजनिक गरेको हो ।

जसअनुसार, मध्य इंखु खोलाका लागि अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिटिमेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको संयुक्त उपक्रमअनुसार सर्टलिस्टमा परेका छन् । त्यस्तै, ताप्लेजुङ जिल्लामा मौवखोला जलविद्य्त आयोजना निर्माण गर्न रिड्ज लाइन इनर्जी लिमिटेड सर्टलिस्टमा परेको हो ।

सर्टलिस्टमा परेका कम्पनी आशयपत्रदाताहरुले प्रस्ताव पेश गर्न प्रस्ताव मागसम्वन्धी कागजात विभागबाट खरिद गर्नुपर्नेछ । प्रस्तावदाताहरुको प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव आगामी २०८२ असोज २६ पेश गर्नुपर्ने विभागले जनाएको छ ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।