जाग नेपाली अभियानअन्तरगत ती युवाहरुले इम्बोस्ड नम्बरमा नेपाली भाषा र लिपिकै प्रयोग गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन् ।
उनीहरुले विभिन्न प्लेकार्ड बोकेर आन्दोलन गरेका छन् । ‘इम्बोस्डका भष्ट्राचारीलाई जेल हाल, देवनागरिक लिपिको रक्षा गरौं, हाम्रो लिपि हाम्रो पहिचान, हाम्रो लिपि हाम्रो आत्मसम्मान’ जस्ता प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।