ट्रम्पले लगाएका धेरैजसो शुल्क अमेरिकी अदालतद्वारा अवैध ठहर

Aug 31, 2025 11:04 AM mero lagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी शुल्कहरू मध्ये धेरैजसो संघीय पुनरावेदन अदालतले अवैध ठहर गरेको छ । जसले ट्रम्पले आफ्नो राष्ट्रपतिको अधिकारलाई नाघेर ती शुल्कहरू लगाएको पाएको बताइएको छ । तर न्यायाधीशहरूले लेवीहरूलाई यथावत राख्न दिएका छन् ।

मुद्दालाई थप कार्यवाहीको लागि तल्लो अदालतमा फिर्ता पठाएका छन् । संघीय सर्किटको लागि अमेरिकी पुनरावेदन अदालतले अन्तर्राष्ट्रिय व्यापार अदालतको पहिलेको फैसलालाई समर्थन गरेको छ । ट्रम्पले गलत तरिकाले करहरू जारी गर्न आपतकालीन कानूनको प्रयोग गरेको अदालतको ठहर छ ।

 

रिपोर्टकाअनुसार पुनरावेदन न्यायाधीशहरूले यो करहरूबाट प्रभावित सबैलाई वा मुद्दामा संलग्न पक्षहरूलाई मात्र लागू हुन्छ कि हुँदैन भनेर निर्धारण गर्न तल्लो अदालतमा मुद्दा फिर्ता पठाएका छन् ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।