सुन चाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति पुग्यो मूल्य ?

Sep 01, 2025 10:39 AM Merolagani



भदौ १६ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

C7# नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ उचाई बनाउँदै बढेको हो ।

चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । सोमबारको बजारमा चाँदी दुई हजार ४७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि चाँदीको मूल्य पनि रेकर्ड बनाउदै बढेको हाे ।

 

 



माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।