अगस्टमा ८८ हजार बढी पर्यटक भित्रिए

Sep 01, 2025 06:07 PM MeroLagani



सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।

 
बोर्डको तथ्यांकअनुसार सबै भन्दा बढी भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन्। त्यस्तै चीनबाट ७ हजार ५३३ अर्थात ८.५ प्रतिशत , अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत पर्यटक आएको बाेर्डले जनाएको छ।

श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ पर्यटक भित्रिएका छन्। सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनर्उत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताएका छन्। उनले भने, “भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं ।“




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।